नारायणकाजी श्रेष्ठ भन्छन्–‘डा. केसीले अब फेरि अनशन बस्नुपर्ने छैन’

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अब डा. गोविन्द केसीले फेरि  अनशन बस्नुपर्ने अवस्था नआउने बताएका छन् ।

आइतबार (हिजो) राति डा. केसी र सरकारबीच ८ बुँदे सहमति भएसँगै सोमबार (आज) बिहान केसीले अनशन तोडेपछि सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट् गर्दै प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन् । यस्तै उनले डा. केसीले अनशन तोड्नु सकारात्मक भएको समेत बताएका छन् ।

‘डा. गोविन्द केसी र सरकारबीचमा हिजो राति सम्झौतामा हस्ताक्षर भएपछि २७ दिनदेखि १९ औं अनशनमा रहनुभएका डा. केसीले आज बिहान अनशन अन्त्य गर्नुभएको छ । यो सकारात्मक एवं खुशीको कुरा हो । अब फेरि यस्तै अनशन गर्नुपर्ने वा गर्ने स्थिति हुनेछैन भन्ने आशा गरौं ।’ प्रवक्ता श्रेष्ठले ट्वीटरमा लेखेका छन् ।

विभिन्न ६ बुँदे माग राख्दै विगत २८ औं दिनदेखि आमरण अनशन बसेका डा. केसीले ८ बुँदे सहमति भएसँगै अनशन तोडेका हुन् । डा. केसीको यो १९ औं अनशन हो ।

प्रतिक्रिया