वीरेन्द्रनगरकि ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट सुर्खेतमा थप एक जनाको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको हो ।

वीरेन्द्रनगर नगरपालिका–१० कि ६५ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृतक महिलामा असोज २१ गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनलाई प्रदेश अस्पतालको कोभिड विशेष अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको आज मृत्यु भएको हो ।

उनी दम र अल्सरको रोगी समेत थिइन् ।

प्रतिक्रिया