पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार कोरोना परीक्षणका लागि स्वाव दिएका मन्त्री भट्टराईको कोरोना रिपार्ट पोजेटिभ आएको हो ।

मन्त्री भट्टराईलाई शुक्रबार बेलुकी ज्वरो आएपछि शनिबार स्वाब दिएका थिए । उनले आफ्नो रिपोर्ट पोजेटिभ आएको मन्त्री बताएका छन् । उनले आफूलाई हालसम्म हल्का ज्वरो बाहेक अरु समस्या नदेखिएको बताएका छन् ।

आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई सतर्क रहन र कुनै समस्या आएमा परीक्षण गराउन मन्त्री भट्टराईले आग्रह गरेका छन् ।

प्रतिक्रिया