कोरोना संक्रमणबाट थप १४ जनाको निधन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट ज्यान भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार (आज)को नियमित कोरोना ब्रिफिङ्गमार्फत् दिएका जानकारीअनुसार नेपालमा थप १४ जना कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६१४ पुगेको छ । यस्तै गत २४ घण्टामा थप ५ हजार ८ जना नयाँ संक्रमित थपिँदा १ हजार २ सय २९ जना संक्रमित देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यस्तै प्रवक्ता गौतमका अनुसार देशैभर सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ जना छ ।

 

प्रतिक्रिया