५,००८ जना नयाँ संक्रमित थपिँदा १,२२९ डिस्चार्ज भए : स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा थप ५ हजार ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार (आज)को नियमित कोरोना ब्रिफिङ्गमार्फत् दिएका जानकारीअनुसार नेपालमा थप ५ हजार ८ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

यस्तै गत २४ घण्टामा थप १ हजार २ सय २९ जना संक्रमित देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यस्तै प्रवक्ता गौतमका अनुसार देशैभर सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ जना छ ।

 

प्रतिक्रिया