ओली–दाहालबीचको छलफल जारी, जुट्ला सहमति ?
२०७७ असोज २४ गते

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डबीच’को भेटवार्ता अहिले जारी छ ।
प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको दुई अध्यक्षको भेटमा मन्त्रिपरिषद् पुनर्गठन र एकताको बाँकी कामबारे छलफल भइरहेको श्रोतले बताएको छ ।
गत बिहीबारको छलफलमा रिक्त रहेका तीन मन्त्री तत्काल नियुक्त गर्ने सहमतिमा पुगेका अध्यक्षद्वयबीच डा. केसीको बारेमा समेत केही कुराकानी भएको श्रोतले बनाएको छ ।
ओली-दाहालको भेटभन्दा अगाडि ओलीले डा. केसीका मागप्रति वार्ता गर्न सरकारको तर्फबाट गठित टोलीसँग भेटघाट गरेका थिए ।
२०७७ असोज २४ गते
प्रतिक्रिया
सम्बन्धित








