सिमेन्ट उद्योगको संख्या जति धेरै उपभोक्ताले उतिनै सस्तोमा सिमेन्ट पाउँछन् : सुरज वैद्य(भिडियोसहित)

काठमाडौं । नेपालमा हाल १ सय २० वटा सिमेन्ट उद्योगहरु उद्योग विभागमा दर्ता भएका छन् । दर्ता भएका मध्ये आधा मात्रै सिमेन्ट उद्योग सञ्चालनमा रहेका छन् ।

तर नेपालमा नयाँ सिमेन्ट स्थापना भइरहेका छन् । चिनियाँ लगानीको हुवासिन सिमेन्ट प्रा लि नेपालको सिमेन्ट क्षेत्रमा उद्योग स्थापनाको काम गरिरहेको छ ।

नेपालमा भएका सिमेन्ट उद्योगहरुको नै उत्पादन धेरै भएकोले बजारमा अस्वस्थ प्रतिष्पर्धा बढिरहेको भनेर बसेको अवस्थामा हुवासिनले धादिङमा उद्योग स्थापनाको काम सञ्चालन भइरहेको र पूर्वी र सुदूरपश्चिममा प्लान्ट स्थापना गर्नको लागि स्थान पहिचानको काम अघि बढेको हुवासिनका स्थानीय साझेदार सुरज वैद्यले बताए ।

नेपालमा सिमेन्ट उद्योग जति धेरै हुन्छन्, उपभोक्ताले त्यतिनै सस्तोमा सिमेन्ट उपभोग गर्न पाउने वैद्य बताउँछन् ।

उनले भने ‘विश्वकै सातौं ठूलो सिमेन्ट उत्पादकको रुपमा रहेको हुवासिनले केन्या, दक्षिण अफ्रिका, कोलम्बिया र भियतनाम लगायतका देशमा समेत सिमेन्टमा लगानी गरिसकेको छ, अन्य देशहरुमा पनि विस्तारको तयारीमा रहेको छ,’ वैद्यले भने ।

नेपालमा कसैले कुनै उद्योगी स्थापना गर्यो भने त्यहि देखर नयाँ उद्योगहरु आउने गरेको छ । कार्पेट र गलैचा लगायतको उद्योगमा पनि त्यस्तै गरि उद्योग आएको र पछि समस्यामा परेर बन्द हुँदै गएका छन् ।

पूर्वी र सुदूरश्चिममा प्लान्ट स्थापना गर्न मूल लगानीकर्ता चिनियाँ साझेदारसँग मिली सम्भावित स्थानहरुको अध्ययन भइरहेको वैद्यले बताए ।

धादिङमा निर्माण भइरहेको हुवासिन सिमेन्ट उद्योगले दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने छ । चीनमा मात्र हुवासिन सिमेन्टले अहिले १ सय १५ वटा प्लान्ट रहेको छ ।

कहिलेदेखि हुन्छ सिमेन्ट उत्पादन

काेरोना र बाढीले उत्पादन मिति सरेको हुवासिनले फागुनबाट आफ्नो उत्पादन सुरु हुने बताएकाे छ । यस अघि उद्योगले दसैंभन्दा अगाडी नै उत्पादन सुरु हुने भनेको थियो । गत वर्ष हुवासिनको निर्माणाधीन प्लान्टमा बाढी पस्दा उद्योगले क्षति ब्यहोर्नु परेको थियो ।

निर्माणाधिन उद्योगमा हाल आवश्यक सबै मेसिनरी तथा उपकरणहरु आइसकेका छन् । ८ सयको हाराहारीमा नेपाली र चिनियाँ प्राविधिक तथा कामदारले उपकरणहरु जडानको काम गरिरहेको वैद्यले बताए ।

 

प्रतिक्रिया