कोरोना संक्रमितको संख्याले १ लाख कट्यो, गत २४ घण्टामा कति थपिए ?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ ।

पछिल्लो २४ घन्टामा २ हजार ५९ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १ लाख नाघेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम दिएको जानकारीअनुसार थप नयाँ संक्रमित २ हजार ५९ जना थपिएसँगै कूल संक्रमितको संख्या १ लाख ६ सय ७६ जना पुगेको छ ।

संक्रमितमध्ये ७३ हजार २३ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया