परराष्ट्र सचिवमा भरतराज पौड्याल
२०७७ असोज २३ गते

फाइल फोटो।
काठमाडौं । सरकारले परराष्ट्र सचिवमा भरतराज पौड्याललाई नियुक्त गरेको छ । पौड्याल परराष्ट्र मन्त्रालयमा निवर्तमान सचिव शंकरदास वैरागीपछि वरिष्ठ सह-सचिवको रुपमा कार्यरत थिए ।
वैरागीलाई सरकारले मुख्य–सचिवमा नियुक्त गरेपछि रिक्त रहेको सचिव पदमा पौड्याललाई नियुक्त गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । वरिष्ठतालाई नै कायम राखेर पौड्याललाई जिम्मेवारी दिइएको बताइएको छ ।
यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको रुपमा भूमिका निर्वाह गरिसकेका पौड्याल परराष्ट्र मन्त्रालयमा लामो समयदेखि कार्यरत छन् ।
२०७७ असोज २३ गते
प्रतिक्रिया
सम्बन्धित








