‘केसी रहरले बिहे नगरी जोगी बनेका हैनन्, उनमा बिपरीत लिङ्गी आकर्षण थिएन’

काठमाडौं । रेल विभागका महाप्रबन्धक गुरु भट्टराईले सत्याग्रही डाक्टर गोविन्द केसी माथि गम्भिर आरोप लगाएका छन् । सत्तारुढ नेकपा त्यसमाथि प्रधानमन्त्री केपी शर्मा ओलीका कट्टर समर्थक गुरु भट्टराईले डा. केसीलाई गगन थापालाई भोट माग्दै हिँडेको, उनमा विपरित लिंगी प्रति आकर्षण नै नरहेको समेत आरोप लगाएका छन् ।

फेसवुकमा स्टाटस लेख्दै भट्टराईले डा. केसी सर्वहारा नभएको पनि जिकिर गरेका छन् । ‘सर्बहारा (सबै हारेको) भनेको सम्पति नभएको, घरबार नभएको, श्रीमति छोराछोरी नभएको भएर मात्रै हुँदैन चिन्तन र सोच पनि सर्बहारा हुनु पर्छ ।’ भट्टराईले अगाडी भनेका छन्–‘कोही जोगी हुँदैमा स्वार्थबिहिन हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । स्वार्थ भनेको सम्पति, पैसा, श्रीमति छोराछोरी र आफन्त मात्रै हैन । माग्दै हिड्ने जोगीलाई ‘तेरो कमन्डलु मलाइ दे, जीवनभरी पाल्छु’ भन्दा पनि कमन्डलु दिदैन बरु मागेर खानै मज्जा मान्छ । त्यसैले सर्बहारको परिभाषा बदल्नुस । सर्बहारा राजनीति गर्नेलाई टाउको कटुवा भन्दै अनसन सुतेको बेडबाट उठेर मुर्मुरीने केसी सर्बहारा कहिले भए ?’ उनले प्रश्न गरेका छन् ।

उनले डा. केसीलाई गगन थापाका कार्यकर्ता भएको र उनलाई भोट माग्दै हिँडेको दुनियाले देखेको दावि गर्दै ‘नेका नेतालाई सर्बहारा देख्ने केसी सर्बहारा हुन् भन्न लाज लाग्दैन ?’ पनि भनेका छन् । उनले डा. केसीको सादगी जीवनमा पनि औंला उठाएका छन् । ‘केसी जोगी बन्ने रहरले बिहे नगरी जोगी बनेका हैनन, उनमा बिपरीत लिङगी आकर्षण थिएन, अनि अप्राकृतिक जीवन बिताए ।’

डा. केसीको नीयत जे सुकै भएपनि उनका माग देख्दा क्रान्तिकारी तर परिणाममा मेडिकल माफियाको सेन्डीकेट खडा गर्ने खालको रहेको पनि भट्टराईको भनाई छ । मुलुकका बिद्यार्थीलाई बिदेश खेद्ने कन्सल्टेन्सीको नीयतसँग जोडिएको भन्दै उनले दुर दराजका जनतालाई राम्रो स्वास्थ्य सेवा दिन दुर्गममा मेडिकल कलेज खोल्नु नपर्ने राम्रा अस्पताल र डाक्टर चाहिने तर्क गरेका छन् ।

‘जुन बेला स्वास्थ्य र शिक्षा निजीकरण हुँन सुरु गर्यो, त्यसको बिरोध गर्दा तत्कालिन भिसी केदार भक्त माथेमाले ५० सालमा प्रहरी लगाएर हाम्रा ढाडमा सुम्ला बर्षाए, कहाँ थिए गोबिन्द केसी ?’ उनको प्रश्न छ । डा. केसी त्यसबेला तमाशा हेर्दै बसेको तर्क गर्दै भट्टराईले धतुरोको बोट रोपेर मलजल गर्ने बेला चुपचाप बस्ने, मज्जा लिने अनि धतुरोको बोटमा धतुरोको डल्लो फलेपछि धतुरोको बोटमा सुन्तला किन फलेन भनेर बुर्कुशी मार्ने ? भन्दै डा. केसीको खोइरो खनेका छन् ।

जव राज्यले सार्बजनिक शिक्षा ध्वस्त बनाएर माफियालाइ सुम्पियो र हठात फर्किन सक्ने बाटो भएन अनि केसीको तमाशा शुरु भएको उनको भनाई छ । ‘आफुले हेड गरेको केन्द्रीय क्याम्पसको हाडजोर्नी बिभाग त सम्हाल्न नसकेर ध्वस्त बनाए, तिनि सिंगो स्वास्थ्य सेवा र शिक्षाको मानक म मात्रै हुँ भन्ने ?’

उनले केसीका माग माफिया पोस्ने खालका भएको भन्दै सेवा सुधार्ने कुनै रोडम्याप केसीसँग नभएको पनि तर्क गरेका छन् । त्यसो त गुरु भट्टराईलाई प्रधानमन्त्रीका विरुद्ध विष बमन गर्नेहरुको उछितो काढेरै रेल सेवा विभागको महाप्रबन्धक भएको आरोप पनि छ । उनका सामाजिक सञ्जालका हरेक स्टाटसहरु सरकार विरोधी प्रति लक्षित छ । तर, डा. केसी विरुद्ध उनले लेखेका शब्दहरु प्रतिसोधको भावनामा लेखेको भन्दै चर्को विरोध भइरहेको छ ।

https://www.facebook.com/Guru.bht/posts/3513932588663808

प्रतिक्रिया