नायक निश्चल बस्नेत ‘जिन्दावाद’ गर्दै

काठमाडौं । नायक तथा निर्देशक निश्चल बस्नेतले नयाँ चलचित्र ‘जिन्दावाद’ गर्ने भएका छन् ।

यो भन्दा पहिले निश्चलले लूट, टलकजंग भर्सेस टुल्के, लूट टूजस्ता चलचित्र निर्देशन गरिसकेका छन् । निश्चलले निर्देशन गरेको चलचित्र लूटले राम्रो व्यापारसमेत गरेको थियो । त्यसपछिका चलचित्र व्यापारकै मामिलामा भने केही चुकेका छन् ।

निश्चलले अभिनय र निर्देशन मात्रै नभएर गायनलाई पनि उत्तिकै न्याय गर्न सक्छन् । उनले केही चलचित्रका गीतहरुमा आवाजसमेत दिएका छन् । उनले निर्देशन गरेको चलचित्र लूट टू फ्लप भएपछि ‘प्रसाद, घामड शेरे’जस्ता चलचित्रमा मुख्य भूमिकामा अभिनय गरेका छन् ।

यो चलचित्रको नाम चलचित्र विकास बोर्डमा समेत दर्ता भइसकेको बुझिएको छ । लभस्टोरी –कमेडी जनरामा निर्माण हुन लागेको उक्त चलचित्रमा कलाकारहरु दयाहाङ राई, सौगात मल्ललगायतको अभिनय रहने बुझिएको छ ।

चलचित्रमा नायिकाको भूमिकामा भने स्वस्तिमा खड्काको नाम चर्चामा रहेको छ ।

प्रतिक्रिया