एकै दिन थपिए ४३ सय ६४ जना कोरोना संक्रमित, उपत्यकामा मात्रै २५ सय ४० जनामा कोरोना

काठमाडौं । आज देशभर ४ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । आज उपत्यकामा मात्रै २५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबारसम्म देशभर कोरोना भाइरसको सक्रिय संक्रमित २६ हजार ६ सय ८४ जना पुगेको छ । जसमा संस्थागत आइसोलेसनमा ११ हजार ७ सय १७ र होम आइसोलेसनमा १४ हजार ९ सय ६७ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको प्रेस ब्रिफिङमा बितेको २४ घण्टामा देशभर ४ हजार ३ सय ६४ जना संक्रमित थपिएको जानकारी दिए ।

काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १ सय ३५ र ललितपुरमा ३ सय २० जना रहेका छन् ।

प्रतिक्रिया