साझा पार्टीले थप्यो ३७ केन्द्रीय सदस्य, कर्मठ र देशभक्तलाई एक जुट हुन आह्वान

काठमाडौं । साझा पार्टीले ३७ जना केन्द्रीय सदस्य थप गरेको छ । सो कुराको जानकारी पार्टीका संयोजक रवीन्द्र मिश्रले आफ्नो सामाजिक सञ्जाल फेसबूकमार्फत् गराएका हुन् ।
योसँगै साझाको केन्द्रीय समिति ६५ सदस्यीय बनेको संयोजक मिश्रले जनाएका छन् । गत फागुनमा लुम्बिनीमा भएको साझा भेलाले केन्द्रीय समिति पुनर्गठन गर्ने निर्णय गरेअनुरुप ३७ जना सदस्य थपिएको विज्ञप्तिमा उल्लेख छ ।
थप गरिएका सदस्यमा १० जना महिलासमेत रहेका छन् । यस्तै संयोजक मिश्रले देशमा रहेको विभिन्न अभियान तथा नागरिक समूहहरू, पुराना दलका इमानदार, कर्मठ र देशभक्त नेता, सदस्य तथा शुभेच्छुकहरू सबैलाई एकजुट हुन आह्वानसमेत गरेका छन् ।
आज थपिएका केन्द्रीय सदस्यहरुमा महेन्द्र थापा, अमलेश कर्ण, धनपति महतो, सुमनकुमार मिश्रा, दिव्येश गिरी, मुरली मनोहर मिश्र, अनुपा श्रेष्ठ, पुष्पा सापकोटा, सुरज प्रधान, प्रदिप थापा, भुपेन्द्र बस्नेत, अमृत पुडासैनी, दीपक पौडेल, हरिप्रसाद गौतम, अर्जुनप्रसाद खनाललगायत रहेका छन् ।
यस्तै नवराज थापा, हरिकृष्ण अधिकारी, इन्दिरा वाग्ले शर्मा, मधुसुदन केसी, केशबबहादुर मल्ल, सुशील राज देबकोटा, घनश्याम विश्वकर्मा, पवन मल्ल, संगीता श्रेष्ठ, लक्ष्मी शाही, दुज्जी चौधरी, घनबहादुर शाह, सरोज गौतम, प्रकाश आचार्य, पवित्र थापा, सस्मित पोखरेल, संजय बराल, आशिष रेग्मी, दिपक उप्रेती, विणा शाह, शारदा रिजाल र लक्ष्मी घिमिरे केन्द्रीय सदस्य भएका छन् ।









