नारायणी नदिमा फेरि अर्को गैंडा मृत भेटियो
२०७७ असोज २२ गते

फाइल फोटो
चितवन । नारायणी नदीमा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ । नवलपुरको त्रिवेणी नजिकै भेलौजी भन्ने स्थानमा गैंडा मृत फेला परेको हाे ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी असोक रामले गैंडा मृत फेला परेकाे बताए । निकुञ्ज प्रशासनको डुङ्गा गस्ती टोलीले बुधबार अपरान्ह एक वयस्क गैंडा मृत अबस्थामा फेला पारेको हो ।
निकुञ्जको गजग्राह पोष्ट नजिक नदीमा डुवेको अवस्थमा फेला परेको गैंडाको खाग र खुर भने सुरक्षित रहेको सूचना अधिकारी रामले जनाए ।
केही दिनअघि मात्रै सौराहा सेक्टरमा र त्रिवेणीमा एक एकवटा गैंडा प्राकृतिक कारणले मरेका थिए । पछिल्लो एक सातामा मात्रै चितवन राष्ट्रिय निकुञ्जमा तीन वटा गैंडा मृत भेटिएका छन् ।
२०७७ असोज २२ गते
प्रतिक्रिया
सम्बन्धित









