भक्तपुरको टिभीएस मोटरसाइकल सोरुमबाट १७ लाख चोरी

भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित टिभिएस मोटरसाइकल सोरुमबाट १७ लाख बढी नगद चाेरी भएकाे छ ।

टिभिएस मोटरसाइकल सोरुमबाट बुधबार बिहान १७ लाख ५० हजार रुपैयाँ र ११ लाख रुपैयाँ बराबरको दस्तखत गरेको विभिन्न बैंकको चेक चोरी भएको हाे ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै चाेरी सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया