चितवनमा ९२ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु
२०७७ असोज २१ गते

प्रतिकात्मक तस्विर
चितवन । चितवनमा अर्का एक जना कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका-१ बस्ने वर्ष ९२ का पुरुषको बुधबार २:१५ बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।
ती वृद्धलाई हिजो मंगलबार भरतपुर अस्पतालको कोभिड आइसोलेसनमा भर्ना गरिएको थियो । उनीमा खोकी र श्वाशप्रश्वाशमा समस्या भएको र लामो समयदेखि दम तथा उच्च रक्तचापको समेत समस्या रहेको थियो ।
उनीमा दुई दिन अघि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए ।
मंगलबार मात्रै चितवनमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएकोमा दुई जना चितवनकै थिए ।
२०७७ असोज २१ गते
प्रतिक्रिया
सम्बन्धित









