कुमारी बैंकद्धारा निःशुल्क पि.सि.आर. परीक्षण क्याम्प

काठमाडौं । कुमारी बैंक लिमिटेडले कोभिड–१९ को संक्रमणसँग जुध्नका लागि काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी “निःशुल्क पि.सि.आर. परीक्षण क्याम्प”  गरेको छ ।

सो क्याम्प अन्तरगत असोज १९ गते काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा, २० गते कुमारी बैंकको न्युरोड शाखामा, तथा २१ गते कुमारी बैंकको पुतलीसडक शाखामा आयोजना गरेको थियो ।

क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई पि.सि.आर. परीक्षण गराउने व्यक्तिको कोरोना संक्रमण भए–नभएको रिपोर्ट फोनबाट नै जानकारी गराएको छ ।

कोरोना संक्रमणले नेपालको स्वास्थ्य संरचनालाई मर्माहित तुल्याएका कारण यस्तो अवस्थासँग डटेर लड्ने कदम कुमारी बैंकले काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी चाल्ने प्रयास गरेको हो ।

कुमारी बैंकका प्रमुख कार्यकारी सुरेन्द्र भण्डारीले आगामी दिनहरूमा पनि पुनः निःशुल्क क्याम्प आयोजना गर्नुपरे अगाडी बढ्ने बताए ।

प्रतिक्रिया