सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो, स्वास्थ्य प्रवक्ता भन्छन्–‘अस्पतालले धानेसम्म लकडाउन् हुँदैन’

  • धनबल राई

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’ले नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार नाघे पुनः बन्दाबन्दी (लकडाउन्) गर्नु भनी सरकारलाई सिफारिस गरेको थियो । यसैबीच बुधबार (आज)सम्म आइपुग्दा संक्रमितको संख्या २५ हजार ७ जना रहेको छ ।

आजको थप अध्यावधिक विवरण सार्वजनिक भएपछि मकालु खबरले सिस्टमको उक्त सिफारिसबारेराखेको जिज्ञासामा  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पूर्वाधारले धानेसम्म पुनः बन्दाबन्दी नहुने बताए ।

“आजबाट सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । आइसीएस [‘इन्सिडेन्ट कमाण्ड सिस्टम’]ले सिफारिस गरेको थियो कि, २५ नाघेको खण्डमा पुनः बन्दाबन्दी गर्नु भनेर । तर, हाम्रो पूर्वाधारले धानेसम्म पुनः बन्दाबन्दी नगर्ने सोचमा छौं । अस्पताल तथा बेडहरुले भ्याएसम्म बन्दाबन्दी हुँदैन ।” मकालु खबरसँगको कुराकानीको क्रममा प्रवक्ता गौतमले भने, ‘हाम्रो पूर्व आधारहरुले धानेसम्म बन्दाबन्दी हुँदैन ।’

आज थप ३ हजार ४ सय ३९ जनामा संक्रमण पुष्टि भएसँगै देशभर संक्रमितको संख्या ९५ हजार नजिक पुगेको छ भने गत २४ घण्टामा थप १५ जना बितेका छन् ।

 

प्रतिक्रिया