कोरोना संक्रमणबाट थप १५ जना बिते, उच्च सतर्कता अपनाउनुस् : स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मनत्रालयका अनुसार गत २४ घण्टामा थप १५ जनाको मृत्यु भएको हो ।

योसँगै मृतकको संख्या ५ सय ७८ पुगेको छ । मन्त्रालयका अनुसार विभिन्न जिल्लामा थपिएका १५ जनासहित देशभर कोरोना संक्रमणबाट ५ सय ७८ जनाले ज्यान गुमाएका छन् ।

यस्तै गत २४ घण्टामा देशभर ३ हजार ४ सय ३९ जना नयाँ संक्रमित थपिएका छन् । मनत्रालयकाअनुसार यो संख्या अहिल्यैसम्मको बढी हो ।

यस्तै मन्त्रालयले थप सतर्कता अपनाउनुसमेत सुझाव दिएको छ ।

प्रतिक्रिया