कोरोना संक्रमितको संख्या बढेको बढ्यै : गत २४ घण्टामा थपिए ३,४३९ नयाँ संक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । गत २४ घण्टामा देशभर ३ हजार ४ सय ३९ जना नयाँ  संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार (आज) दिएको जानकारीअनुसार यो संख्या अहिल्यैसम्मको बढी हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा गत २४ घण्टामा ३ हजार ४ सय ३९ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ । संक्रमितमध्ये ६८ हजार ६ सय ६८ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया