गृहमन्त्रीका राजनीतिक सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलका राजनीतिक सल्लाहकार सूर्य सुवेदीलाई कोरोना भाइरस (काेभिड १९)  संक्रमण पुष्टि भएकाे छ । सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू संक्रमित भएको जानकारी दिएका हुन् ।

पीसीआर परीक्षण गर्दा बुधबार उनकाे रिपाेर्ट पाेजेटिभ आएकाे हाे । उनकाे स्वास्थ्य अवस्था सामान्य छ ।

साथै उनले आफूसँग सम्पर्कमा आएकाहरूलाई विशेष सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया