उपत्यकावासीलाई उच्च सतर्कता अपनाउन सरकारकाे आग्रह

काठमाडौँ । सरकारले काठमाडाैं उपत्यकामा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बुधबार मन्त्रिपरिषद्काे निर्णय सार्वजनिक गर्ने क्रममा काेराेना संक्रमणकाे जाेखिम उच्च रहेकाे भन्दै उपत्यकावासीलाई सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

‘अन्य जिल्लामा संक्रमणकाे जाेखिम क्रमश घट्दै गएपनि काठमाडाैं उपत्यकामा उच्च जाेखिम छ । पछिल्लो समय मुलुकभरका संक्रमितिमध्ये आधाभन्दा बढी काठमाडौंका छन् । काठमाडाैंमा उच्च सतर्कता अपनाउन आग्रह गर्दछौँ ’, प्रवक्ता ज्ञवालीले भने । प्रदर्शन गर्दा वा अन्य गतिविधि गर्दा पनि उनले उच्च सतर्कता अपनाउनुपर्ने उनकाे भनाइ छ ।

त्यस्तै उनले चाडबाडमा सजगता अपनाउन पनि आग्रह गरेका गरेका छन् ।

प्रतिक्रिया