ललितपुरमा काेराेना संक्रमितकाे मृत्यु
२०७७ असोज २१ गते

प्रतिकात्मक तस्विर
काठमाडौं । ललितपुरमा काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट एक जनाकाे महिलाकाे मृत्यु भएकाे छ ।
ललितपुरस्थित किस्ट अस्पतालमा बालाजुकी ६९ वर्षीय महिलाकाे बुधबार बिहान मृत्यु भएकाे हाे ।
काेराेना संक्रमण पुष्टि भएपछि उनी असाेज १७ गते राति किष्ट अस्पताल भर्ना भएकी थिइन् । उनीमा ज्वरो आउने, हाइपर टेन्सन र मुत्रनलीमा समस्या थियो । भेन्टिलेटरमा राखेर उपचार गरिएकाेमा उपचारकै क्रममा उनकाे बुधबार बिहान मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।
२०७७ असोज २१ गते
प्रतिक्रिया
सम्बन्धित









