झारफुकका क्रममा महिलामाथि जबरजस्ती करणी, सुनार पक्राउ

काठमाडौं । बर्दियामा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरूष पक्राउ परेका छन् ।

३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-१० खैरीचन्दनपुर बस्ने खैरी कञ्चनपुर महाकाली नगरपालिका-८ घर भएका २७ वर्षीय जय बहादुर सुनारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हाे ।

ती महिलालाई असोज १४ गते सुनारले झारफुक गर्ने क्रममा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया