२८ वर्षीया महिलाले जन्माइन् पाँच शिशु
२०७७ असोज १९ गते

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी एक महिलाले पाँच शिशुलाई जन्म दिएकी छिन् । नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच शिशुलाई जन्म दिएकी हुन् ।
पाँच शिशुमध्ये एक शिशुको भने मृत्यु भएको अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले जानकारी दिए । डा. सुवेदीका अनुसार एक जना शिशुको भने शल्यक्रिया अगावै मृत्यु भएको छ ।

चार शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य छ । डा. सुवेदीकाे नेतृत्वमा उनकाे डेलिभरी भएकाे हाे । शल्यक्रियामा डा. दिप्ती श्रेष्ठ, डा.नमिता सिङदेन सहभागि थिए भने एनेस्थेसियामा डा.मुकेश कुमार थिए ।
४ शिशुमध्ये पहिलो शिशुको तौल १.८ किलोग्राम, दोस्रो ८ सय ग्राम, तेस्रो १.९ किलोग्राम चौथो १.६ ग्राम रहेको छ । चार शिशु छाेरी हुन् भने मृत शिशु छाेरा हुन् ।
२०७७ असोज १९ गते
प्रतिक्रिया
सम्बन्धित









