वैदेशिक रोजगार ठगी मुद्दाका फरार अभियुक्त पक्राउ
२०७७ असोज १९ गते

काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन । काठमाडौं आरुवबारी बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका ६ घर भएका २८ वर्षीय भिम बहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारी मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०७४ भदौ ११ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भइ फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका ६ बौद्ध स्तुपामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि सोमबार जिल्ला अदालत काठमाडौंमा पठाइएको छ । साथै सोही मुद्दामा संलग्न रही फरार अभियुक्त तुल बहादुर तामाङलाई काठमाडौं महानगरपालिका २८ डिल्लीबजारबाट शुक्रबार पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत पठाइसकेको उक्त महाशाखाले जनाएको छ ।
२०७७ असोज १९ गते
प्रतिक्रिया
सम्बन्धित









