तपाईँको जिल्लामा आज कति संक्रमित थपिए, कतिले गुमाए ज्यान ? (हेर्नुहोस् जिल्लागत विवरण)
२०७७ असोज १९ गते

काठमाडौं । आज (साेमबार) देशभर ६२ जिल्लामा दुई हजार ४४० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे पुष्टि गरेका हुन् ।
प्रवक्ता गाैतमका अनुसार संक्रमित थपिएका जिल्लाहरूमा बैतडी, बाजुरा, बझाङ, सुर्खेत, सल्यान, दैलेख, बाँके, बर्दिया, प्युठान, स्याङ्जा, बागलुङ, लमजुङ, काठमाडाैं, भक्तपुर, ललितपुर, झापा, इलाम, उदयपुर लगायत छन् । ६२ जिल्लामध्ये काठमाडाैंमा उच्च संक्रमित एक हजार ६३१ थपिएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १९ जना संक्रमितको मृत्यु भएको छ ।
हेरौँ संक्रमित, मृत्यु र डिस्चार्जको जिल्लागत विवरण :






२०७७ असोज १९ गते
प्रतिक्रिया
सम्बन्धित









