प्रदेश नं. ५ राजधानी विवाद : प्रदेश सभा बैठकमा तोडफोड

काठमाडौं । प्रदेश नं. ५ को प्रदेश सभा बैठक प्रमुखमा प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोधका बाबजूद पनि बैठक अघि बढाइएको भन्दै कुर्सी तोडफोड गरेको छ ।

उनीहरूले संसदीय मर्यादा कायम राख्न माग गर्दै नाराबाजी गरी कुर्सी तोडफोड गरेका हुन् । सभामुखको वेल घेराउ गर्दै कांग्रेसका सांसदहरूले नाराबाजी गरेका हुन् ।

कांग्रेसका सांसदहरूको नाराबाजीपछि सभामुख पूर्ण घर्तीले कांग्रेसका सांसदहरुलाई बस्न र बोल्न चाहे समय उपलब्ध गराउने बताएका थिए ।

भालुवाङलाई राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता भएपछि बुटवल क्षेत्रका स्थानीयले विरोध गरेका थिए भने दाङ क्षेत्रका स्थानीयले स्वागत गरेका थिए ।

दाङलाई राजधानी नबनाउने विषयमा कांग्रेस नेताहरु, नेकपाकै १४ नेता तथा समाजवादी पार्टीका ६ सांसदहरु एकमुख छन् । यद्यपि यता सांसदहरुको अंकगणितलाई नियाल्ने हो भने राजधानी दाङ नै हुने निश्चितजस्तै छ ।

प्रतिक्रिया