प्रदेश ५ राजधानी विवाद : प्रदेश सभामा कांग्रेसको नाराबाजी, बैठक केहिबेर स्थगित

काठमाडौं । प्रदेश ५ को प्रदेश सभामा प्रतिपक्षी दल नेपाली कांग्रेसले राजधानी ‘दाङको भालुवाङ’ सार्ने प्रस्तावविरुद्ध नाराबाजी गरेको छ ।

बुटवललाई प्रदेश ५ को राजधानी बनाउनुपर्ने माग गर्दै कांग्रेसले नाराबाजी गरेको हो । कांग्रेसको अवरोधपछि बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ ।

सोमबार प्रदेश सभा बैठक सुरू भएलगतै विपक्षी दलका नेता वीरेन्द्रकुमार कनौडियाले बाेलेका थिए । उनले राजधानी बुटवलबाट दाङ सार्नु पर्नाको औचित्य पुष्टि गर्न मुख्यमन्त्रीलाई आग्रह गरेका थिए । उनले रहर र राजनीतिक स्वार्थका लागि राजधानी सार्ने प्रस्ताव ल्याइएको आरोप समेत लगाएका थिए ।

उनले बाेलेलगतै कांग्रेस सांसदहरूले नाराबाजी गरेका हुन् ।

प्रतिक्रिया