प्रदेश ५ राजधानी विवाद : दाङकाे पक्षमा मतदान गर्न नेकपा सांसदलाई ह्विप

काठमाडाैं । प्रदेश ५ काे राजधानी दाङकाे भालुवाङकाे पक्षमा मतदान गर्न  नेकपा सांसदहरूलाई ह्विप जारी गरिएकाे छ ।

आज (सोमबार) बिहान नेकपाको प्रदेश सभाको संसदीय दलको बैठकले दाङकाे पक्षमा मतदान गर्न आफ्नो सांसदहरुलाई ह्विप जारी गरेकाे हाे । मतदान गर्न मिल्ने ६० जना सांसदलाई पक्षमा मतदान गर्न भनिएकाे नेकपाको प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।

बुटवललाई आर्थिक र पर्यटकीय राजधानी बनाउने र राप्ती उपत्यकालाई प्रशासनिक राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्न मुख्यमन्त्रीले ह्विप जारी गरेकाे उनले बताए । अब केहीबेरमा प्रदेश सभाको बैठक बस्दै छ ।

प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले शुक्रबार दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने र प्रदेशकाे नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए । साे प्रस्तावपछि बुटवलमा राजधानी राख्नुपर्ने भन्दै विराेध भइरहेकेा छ ।

प्रतिक्रिया