प्रधानमन्त्री ओलीलाई कमल थापाले भने– ‘प्लिज वेक अप’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कोरोना महामारी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएका छन् ।
आज (सोमबार) बिहान सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले यस्तो आरोप लगाएका हुन् । राप्रपा अध्यक्ष थापाले भ्रष्टाचार नियन्त्रण गर्न, रोजगारी सिर्जना गर्न, भारतसँग वार्ता गरी अतिक्रमित भूमि फिर्ता लिन पनि सरकार असफल भएको बताए ।
उनले लेखेका छन्- ‘कोरोना महामारी नियन्त्रण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, धर्म परिवर्तन नियन्त्रण गर्न, रोजगारी सिर्जना गर्न, भारतसँग वार्तागरी अतिक्रमित भूमि फिर्तालिन सरकार पूर्णरूपमा असफल भएको छ। प्रम @kpsharmaoli म तपाईंको शुभचिन्तक हुँ, त्यसैले भन्छु- plz wake up, act fast before it’s too late.’
कोरोना महामारी नियन्त्रण गर्न,
भ्रष्टाचार नियन्त्रण गर्न,
धर्मपरिवर्तन नियन्त्रण गर्न,
रोजगारी सिर्जना गर्न,
भारतसँग वार्तागरी अतिक्रमित भूमि फिर्तालिन सरकार पूर्णरूपमा असफल भएको छ।
प्रम @kpsharmaoli म तपाईंको शुभचिन्तक हुं,त्यसैले भन्छु- plz wake up,act fast before it’s too late pic.twitter.com/nzTElDcXzE— Kamal Thapa (@KTnepal) October 5, 2020









