वीपी प्रतिष्ठानमा धरानका कोरोना संक्रमितको मृत्यु
२०७७ असोज १९ गते

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सुनसरीका एक कोरोना भाइरस (कोभिड १९) संक्रमितको मृत्यु भएको छ ।
धरान–१५ का ५५ वर्षीय पुरुषको आज (सोमबार) बिहान ६ः४५ मा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । डा. श्रेष्ठका अनुसार मृतक पुरुषमा असोज १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
मृतकको शव व्यवस्थापन हुँदैछ ।
२०७७ असोज १९ गते
प्रतिक्रिया
सम्बन्धित









