लक्षण देखिएका कोरोना संक्रमितको १० दिनमा पीसीआर, नभएकालाई परीक्षण नगरी पठाइने
२०७७ असोज १८ गते

फाइल तस्विर
काठमाडौं । सरकारले लक्षण नदेखिएका काेराेना भाइरस (काेभिड १९) संक्रमितहरूलाई १४ दिन अस्पताल राखेर पीसीआर परीक्षण नगरी पठाउने निर्णय गरेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा आज (आइतबार) बसेको इन्सिडेन्ट कमान्ड सिस्टमका पदाधिकारीहरुको बैठकले साे निर्णय गरेकाे हाे । यस्तै लक्षण देखिएका बिरामीहरूकाे भने १० दिनमा नै परीक्षण गर्ने निर्णय भएकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।
नेगेटिभ रिपाेर्ट आयाे भने डिस्चार्ज गर्नेे र पाेजेटिभ आएमा फेरि चार दिनपछि परीक्षण गरिने उनले बताए । अन्यको हकमा भने निर्देशिका बमोजिम नै गर्न/गराउन सबै अस्पताललाई निर्देशन समेत दिने भएकाे छ । ‘यो पहिले नै गरिएको निर्णय हो । तर अहिले तदारुकताका साथ प्रयोगमा ल्याउनका लागि हामीले अनुरोध गरेका छौँ’, प्रवक्ता गौतमले भने ।
२०७७ असोज १८ गते
प्रतिक्रिया
सम्बन्धित









