डा. केसीको पक्षमा टिचिङ अस्पतालमा चिकित्सकहरूकाे धर्ना

काठमाडाैं । अनशनरत डा. गोविन्द केसीको समर्थनमा टिचिङ अस्पतालका आवासीय चिकित्सकहरुले अस्पताल परिसरमा धर्ना दिएका छन् । डा. केसीकाे माग पुरा गर्न सरकारलाई दबाब दिन चिकित्सकहरूले अस्पताल परिसरमा धर्ना दिएका हुन् ।

धर्ना बसेका चिकित्सकहरूले ‘डा केसीको माग पूरा गर, जनता माग्छ अस्पताल, सरकार दिन्छ भ्युटावर, दूरदराजमा मेडिकल शिक्षा खै, हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डा केसीको साथमा’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

डा केसीले १९औं अनशन सुरु गरेको आइतबार २१ दिन पुगेको छ । उनले गत भदौ २९ गते जुम्लाबाट अनशन सुरु गरेका थिए । उनकाे अनशनमा प्रतिपक्षी दलका नेताहरूले समेत ऐक्यबद्धता जनाएका छन् ।

पछिल्लाे समय डा. केसीकाे स्वास्थ्य अवस्था नाजुक बन्दै गएकाे छ । उनलाई अहिले अक्सिजन सपोर्टमा राखिएको छ ।

प्रतिक्रिया