अक्षय कुमारले भने–‘बलिउडमा ड्रग्सको समस्या छ’

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको रहस्य सुल्झाउने क्रममा बलिउडमा ड्रग्स केश पनि बाहिरियो । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीदेखि दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपूर जस्ता स्टारहरुमाथि एनसीबीले साेधपुछ गर्याे ।

ड्रग्स केसमा धमाधम छानबिन चलिरहेका बेला बलिउडकै अर्का अभिनेता अक्षय कुमारले भने बलिउडमा ड्रग्सको कुनै समस्या नभएकाे बताएका छन् । उनले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै भनेका छन् –‘बलिउडमा ड्रग्सको कुनै समस्या छ । तर, सबै व्यक्तिहरूले ड्रग्स लिन्छन् भन्ने पनि होइन । म विश्वस्त छु कि हाम्रो कानून र अदालतले यस विषयमा अनुसन्धान गरी सही निर्णय लिनेछ । यो उद्योगलाइ बद्नामी नजरले नहेरियाेस्  ’

अक्षयले सामाजिक सञ्जालमा सो भिडियो सेयर गरे पश्चात उनलाई बलिउडका धेरै कलाकारहरुले समर्थन गरेका छन् । धेरै प्रशंसकहरूले पनि उनको समर्थन गरेका छन् । करण जौहर, सिद्धार्थ मल्होत्रा, वरुण धवन, अंगद बेदी र अन्यले अक्षयको भिडियो आफ्नो सञ्जालमा सेयर गरेर भनेका छन् – यहाँ हेर्नुहाेस् ।

प्रतिक्रिया