घरकाे ताल्चा फुटाएर नगद र २ ताेला सुनका बाला चाेरी

काठमाडौं । काठमाडाैंमा एक घरमा चाेरी भएकाे छ ।

चन्द्रगिरी नगरपालिका-११ सिप्रदी हाईट बस्ने नरेश पराजुलीको घरबाट कोही नभएको अवस्थामा मुल ढोकाको ताल्चा फुटाई नगद १५ हजार रुपैयाँ, ३ सय अमेरिकी डलर र २ तोला सुनको बाला शनिबार राति चोरी भएको हाे ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया