भक्तपुरमा बसभित्रै किशाेरीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेकाे अभियाेगमा भक्तपुरबाट दुई जना र सिरहा, माेरङबाट दुई जना पक्राउ परेका छन् ।

भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक बस्ने सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका-१० घर भएका २२ वर्षीय निर कुमार खड्कासहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका-८ कालाँचास्थित रोकी राखेको बा३ ख २६१२ नम्बरको बसमा खड्का समेत ३ जनाले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बस चालक खड्का समेत २ जनालाई पक्राउ गरेको हो । साथै उक्त घटनामा संलग्न रही फरार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै सिरहामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिष्णुपुर गाउँपालिका-१ बस्ने २१ वर्षीय मुकेश कुमार साहलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई असोज १२ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी मोरङमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा विराटनगर महानगरपालिका-१६ दरैया बस्ने १८ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया