क्रिस्टल प्यालेसमाथि चेल्सीको सहज जित, लिड्ससँग सिटी रोकियो

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले क्रिस्टल प्यालेसमाथि सहज जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ४-० गोल अन्तरले पराजित गरेको छ ।

चेल्सीको जितमा जोर्जिन्होले दुई गोल गरे भने बेन चिलवेल र कुर्ट जोउमाले एक एक गोल गरेका थिए । यो जितसहित चेल्सीले प्रिमियर लिगमा चौथो खेलमा दोस्रो जित हासिल गरेको छ । चेल्सीले अहिलेसम्म एक हार एक बराबरी र २ जितसहित ७ अंक हासिल गरेको छ ।अर्को खेलमा म्यानचेस्टर सिटीले लिड्स युनाइटेडसँग १-१ गोलको बराबरी खेलेको छ । बराबरीसँगै सिटीले ३ खेलमा ४ अंक जोडेको छ । सिटी लिगको दशौँ स्थानमा रहेको छ । लिड्स ४ खेलमा ७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । यसैगरी अर्काे खेलमा न्युकासलले बर्नलीलाई ३-१ गोलले हराएको छ ।

प्रतिक्रिया