उपचाररत चितवनका कोरोना संक्रमित पुरुषको मृत्यु
२०७७ असोज १८ गते

प्रतिकात्मक तस्विर
चितवन । चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत जिल्लाको कालिका नगरपालिका ७ जुटपानी बस्ने ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार असोज १६ गते साँझ उनलाई कोरोना संक्रमणसहित खोकी, श्वासप्रश्वासमा समस्या भई कोभिड आइसीयूमा भर्ना गरिएको थियो । उपचारका सबै उपायहरु गर्दागर्दै बिहान ६ः३५ बजे उनको मृत्यु भएको पौडेलले बताए ।
ती पुरुषको मृत्यु भएसँगै चितवनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ जना पुगेको छ ।
२०७७ असोज १८ गते
प्रतिक्रिया
सम्बन्धित









