करेन्ट लागेर माडिमा एक जनाको मृत्यु

चितवन । जिल्लाको माडिमा करेन्ट लागेर एक जना पुरुषको आइतबार बिहान ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडी नगरपालिका ६ हरिनगरका ६० वर्षीय सुकदेव महतोको ज्यान गएको हो ।

गैंडा धपाउन जाने क्रममा सोही स्थानमा बन्यजन्तु धपाउनको लागि बिच्छाईएको नाङगो बिजुलीको तारमा छुंदा उनी गम्भीर घाइते भएका थिए । महतोको बघौडा अस्पताल माडीमा उपचारको क्रममा बिहान ३ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया