उपत्यकामा १,१७७ सहित शनिबार थपिए २,१२० संक्रमित, २,०४४ जना निको भए
२०७७ असोज १७ गते

काठमाडौं । आज (शनिबार) थप दुई हजार १२० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
१२ हजार ९७८ पीसीआर परीक्षण गरिएकोमा उपत्यकामा एक हजार १७७ सहित देशभरका दुई हजार १२० जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार काठमाडौंका एक हजार एक, भक्तपुरका ६९ र ललितपुरका १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आजको अपडेटसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ ।
संक्रमितमध्ये ६२ हजार ७४० जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २,०४४ जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ छ भने आज क्वारेन्टिनमा ४ हजार २७३ जना रहेका छन् ।
२०७७ असोज १७ गते
प्रतिक्रिया
सम्बन्धित









