हाेम आइसोलेसनमा बसेका विद्युत प्राधिकरणका एक कर्मचारीकाे मृत्यु

काठमाडाैं । मध्यपुरथिमि–१ लोहकिल्थलीमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । घरमै आइसोलेसनमा बसेका ५० वर्षीय ती पुरुषको पाटन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको परिवारले जनाएको छ ।

पाँच दिनअघि कोरोना पुष्टि भएका ती पुरुष निमोनियाका पुराना बिरामी भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।नेपाल विद्युत् प्राधिकरणका कर्मचारीसमेत रहेका ती पुरुषलाई शुक्रबार साँझ श्वासप्रश्वासमा समस्या भएर अवस्था जटिल बनेको थियो । उनकाे आज बिहान मृत्यु भएकाे हाे ।

यससँगै भक्तपुरमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । रासस

प्रतिक्रिया