चितवनका थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । भरतपुरस्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा गरिएकाे पीसीआर परीक्षणमा ६८ जनाकाे रिपाेर्ट पाेजेटिभ आएकाे छ । चितवनका ५५ सहित ६८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

प्रयोगशालाका अनुसार भरतपुरका १९ महिला र २४ पुरुष गरि ४३ जना, रत्ननगरका ५ महिला र २ पुरुष गरि ७ जना, कालिकाका ३ पुरुष, खैरहनीका १ पुरुष र ईच्छाकामनाका १ महिला गरि ५५ जना रहेका छन् । यस्तै गोरखाका १ महिला, तनहुँका १ पुरुष, मकवानपुरका १ महिला र १ पुरुष, नवलपुरका २ महिला र ४ पुरुष, रूपन्देहीका १ महिला र सुर्खेतका १ पुरुष समेत गरि ६८ जना संक्रमित भएका हुन् ।

संक्रमितहरु १ दिने बालकदेखि ८५ वर्ष सम्मका रहेको अस्पतालले जनाएको छ । एक दिने बालक भरतपुर ३ का हुन् ।
सिएमसी स्वाब संकलन केन्द्रबाट लिएका २८१ नमुनाको परिक्षण गर्दा २१३ नमुनाको नतिजा नेगेटिभ आएको थियो भने ६८ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

प्रतिक्रिया