काठमाडौंका १२ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, भक्तपुर र ललितपुरमा कति ?

काठमाडौं । आज (शुक्रबार) काठमाडौं उपत्यकामा अत्यधिक संक्रमित थपिएका छन् । उपत्यकामा आज १ हजार ६३८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका एक हजार २८०, भक्तपुरका १९६ र ललितपुरका १६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज मात्रै देशभर दुई हजार ७२२ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया