धरानका पत्रकारमा काेराेना संक्रमण पुष्टि
२०७७ असोज १६ गते

धरान । धरानमा अर्का एक पत्रकारमा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।
धरान-१२ स्थित रहेको गणतन्त्र एफ एमका स्टेशन म्यानेजर गणेश प्रसाद तिम्सिनालाई आज कोरोना संक्रमण पुष्टि भएको हो।
यसअघि असोज ४ काेराेना संक्रमणबाट पत्रकार तिम्सिनाकी आमाकाे मृत्यु भएकाे थियाे । स्याहार-सुसारका क्रममा आमाबाटै उनीमा संक्रमण भएकाे हुन सक्ने आशंका गरिएकाे छ ।
याेसँगै सुनसरीमा काेराना संक्रमित पत्रकारकाे संख्या दुई पुगेकाे छ ।
२०७७ असोज १६ गते
प्रतिक्रिया
सम्बन्धित









