वीपी प्रतिष्ठानमा काेराेना संक्रमित महिलाबाट जन्मियाे शिशु

काठमाडौं । झापाकाे विर्तामोडकी एक कोरोना भाइरस (कोभिड १९) संक्रमित गर्भवती महिलाले शिशुलाई जन्म दिएकी छिन्।

धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया मार्फत् ती महिलाले बच्चा जन्माएकी हुन् । नवजात शिशुको तौल २.३ केजी रहेको छ । अहिले आमा र बच्चा दुवैको स्वास्थ अवस्था सामान्य रहेकाे प्रतिष्ठानले जनाएकाे छ ।

वीपी प्रतिष्ठानका अनुसार १२ गते संक्रमण पुष्टि भएपछि ती महिलालाई १४ गते वीपीकाे काेभिड अस्पतालमा भर्ना गरिएकाे थियाे । हिजो (बिहीबार) बेलुकी ११ बजेर २० मिनेटमा शल्यक्रियामार्फत् डेलिभरि गरिएको अस्पतालले जनाएको छ ।

डा. मनोजकुमार साह, डा. अस्मिता पाठक, एनेस्थेसियाका विभागका डा.जगद प्रसाद, डा.सहज पौडेल र नर्स गोमाको टिमले डेलिभरी गराएको हो । संक्रमित महिलाले बच्चा जन्माएको यो दोस्रो हो ।

यसअघि पनि वीपीमा एक संक्रमित गर्भवती महिलाले नर्मल डेलिभरीमार्फत् बच्चा जन्माएकी थिइन् ।

प्रतिक्रिया