एफएनसीसीआइको निर्वाचन मंसिर ११ र १२ गते हुने
२०७७ असोज १६ गते

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइको) ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ । कोरोनाको कारणले सरेको निर्वाचन मंसिरमा हुने भएको हो । कोरोनाको कारणले ३ पटकसम्म मिति तोकेर पनि हुन निर्वाचन हुन सकेको थिएन ।
एफएनसीसीआइकोे कार्यकारिणी समितिको बैठकले महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचनको मिति तोकेको हो ।
यस अघि बसेको महासंघको कार्यकारिणी समितिले महासंघको साधारणसभा तथा निर्वाचनसम्बन्धी सुझाव दिनका लागि ६ सदस्यीय छुट्टै कार्यदल बनाएको थियो ।
उक्त कार्यदलले महासंघको साधारणसभा भर्चुअल्ली र निर्वाचनका कार्यक्रमहरु काठमाडौंमा गर्नका लागि सिफारिस गरेको थियो ।
२०७७ असोज १६ गते
प्रतिक्रिया








