ऋचाको आक्रोश : यी नामहरुकाे इतिहासमा लेखाजोखा हुनेछ

काठमाडौं । अभिनेत्री ऋचा शर्माले राजनीतिज्ञ तथा मन्त्रीहरुले बलात्कार जस्तो जघन्य अपराधमा दिएको अभिव्यक्तिबारे आक्रोश पोखेकी छिन् ।

पूर्व गृहमन्त्री समेत रहेका नेकपाका उपाध्यक्ष बामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा र सांसद रामनारायण विडारीले बलात्कारबारे दिएको अभिव्यक्तिमाथि ऋचाले आक्रोश पोखेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा ऋचाले लेखेकी छिन्, ‘यस्तो बेला बलात्कार भैरहन्छ– भुकम्पपछि मा.गृहमन्त्री बामदेव गौतम । बलात्कार पुँजीवादले गराएको हो– निर्मला हत्याकाण्डपछि मा.गृहमन्त्री रामबहादुर थापा । बलात्कार भनिएको केसमा ९० प्रतिशत महिलाले इन्जोए गर्छन्– मा. रामनारायण बिडारी, दिनमा ७ जति मात्रै बलात्कार, चिन्ता लिनुपर्ने अवस्था होइन– मा. गृहमन्त्री रामबहादुर थापा । याद राख्नुहोला, यी नामहरु इतिहासमा लेखाजोखा हुनेछ ।’

 

प्रतिक्रिया