काठमाडौं उपत्यकामा ९४३ सहित बिहीबार थपिए १, ९११ संक्रमित

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट आज ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गोतमले बिहीबारको प्रेस बिफ्रिङका क्रममा यसबारे पुष्टि गरेका हुन् ।

प्रवक्ता गौतमका अनुसार आजै थप एक हजार ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ४४४ जनाकाे पीसीआर परीक्षण गरिएकाेमा एक हजार ९११ जनाकाे रिपाेर्ट पाेजेटिभ आएकाे हाे ।

संक्रमितमध्ये काठमाडाैं उपत्यकाका मात्रै ९४३ जना रहेका छन् । काठमाडाैंका ८१७, भक्तपुरका ५८ र ललितपुरका ६८ जना संक्रमण पुष्टि भएकाे प्रवक्ता गाैतमले बताए ।

यस्तै पछिल्लाे २४ घण्टामा ९६१ जना निको भएर डिस्चार्ज भएका छन् । याेसँगै डिस्चार्ज हुनेकाे संख्या ५७ हजार ३८९ पुगेकाे छ । यस्तै आज क्वारेन्टिनमा ५ हजार ७७ जना छन् । सक्रिय संक्रमित २१ हजार ८३० जनाकाे उपचार भइरहेकाे छ ।

प्रतिक्रिया