४ महिना अघिसम्म विवाह गर्छु भनेर साथमा राखे, गर्भवती भएपछि कुटपिट !

ललितपुर । महिलामाथि कुटपिट गरेकाे अभियाेगमा एक जना काठमाडाैंबाट पक्राउ परेका छन् ।

३३ बर्षीया महिलालाई कुटपिट गरी घाइते बनाएको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने कैलाली घर भएका ३२ वर्षीय वीरेन्द्र मल्ललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

ती महिलालाई मल्लले ४ महिना अगाडिदेखि विवाह गर्छु भनि राखेका थिए । गर्भवती भएको थाहा पाएपछि भने उनले ललितपुर नगरपालिका-४ मा कुटपिट गरे । कुटपिटपछि बच्चा खेर महिला घाइते भइन्, बच्चा पनि खेर गयाे ।

घटनाबारे खबर पाउनासाथ साे ठाउँमा खटिएको प्रहरीले मल्ललाई पक्राउ गरेको हो । घाइते महिलाको सुमेरु सिटी अस्पताल पुल्चोकमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया